त्रिशूलीमा गाडी दुर्घटना, ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

 Lokmani Rijal

देश पोष्ट /काठमाडौँ । त्रिशूली नदीमा खसेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बसको ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार भएको जानकारी प्राप्त भएको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । मृत्यु हुनेहरुमा पाँच जना पुरुष र एक महिला रहेका छन् । आज बिहान ५ बजे तिर गति अनियन्त्रित भई त्रिसुली नदीमा बस खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ

accident  संग सबंधीत छ |

सवारी दुर्घटनामा परि पत्रकार मनोज हितंगाको मृत्यु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । बुटवलको मिलनचोकमा शनिबार राति भएको दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ। गए राती करिब सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताल लाइनतर्फ गइरहेका हितंगा सवार मोटरसाइकल र अस्पताललाइनतर्फबाट मिलनचोकतर्फ आउँदै गरेको यात्रु बाहक बस बसपार्क नजिकै एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो। दुर्घटनाबाट गम्भीर घाइते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ। लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रूपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा संवाददाताको रूपमा कार्यरत थिए।


गाइघाटबाट दिक्तेल तर्फ आउदै गरेको बस बुईपामा दुर्घटना, ६ जना घाइते

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा.१३ माथिल्लो बुईपा स्थित बुईपा दिक्तेल सडक खण्डमा गाइघाट बाट दिक्तेल तर्फ आउदै गरेको बस दुर्घटना भएको छ । १०:४० बजेको समयमा प्रदेश १- ०५-००१ ख ००१७ नम्बरको बस सडक बाट अन्दाजी ५ मिटर तल पल्टेर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दिक्तेल रुपाकोट मझुवागढी न.पा.१४ खिरिका वर्ष २९ का बिरेन्द्र घिमिरे, सोही ठाउँका २८ वर्षिया दिल कुमारी श्रेष्ठ, रावाबेसी गाउँपालिका–२ खार्पाका २० वर्षिय कुशल सार्की, दिरुमनपा १५ का ७३ वर्षिय आइते सार्की, सोही ठाउँका २७ वर्षिया सुस्मिता

Breaking News, समाचार  संग सबंधीत छ |

सांसद कार्कीको कारले ठक्कर दिँदा एकको मृत्यु एक घाइते ।

 Lokmani Rijal

देश पोष्ट /विराटनगर । प्रदेश नं. १ की सांसद बिन्दिया कार्कीको कारले ठक्कर दिँदा पैदल यात्री एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कार उनका छोरा रोबिन कार्कीले चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते पैदलयात्री ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माकोे कोसी अस्पताल पुर्याउने बित्तिकै चिकित्कसले मृत घोषित गरेका थिए । कारको ठक्करबाट मोरङको कटहरी गाँउपालिका– २ का २७ वर्षीया

अपराध  संग सबंधीत छ |

गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

 Lokmani Rijal

देशपोष्ट/काठमाण्डौं । दोलखामा योद्धा गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सोमबार राति ११ बजेतिर बिगु गाउँपालिका–४ सिंगटीमा अनियन्त्रित भएर गाडी दुर्घटना हुँदा अरु १८ जना घाइते भएको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिएका छन् । घाइते मध्ये १० महिनाको शिशु र अरु दुईजना सामान्य उपचारपछि घर फर्किएका छन् । एकजनाको चरिकोट र अरु १४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी निरीक्षक कोइरालाले जनाएका छन् । घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर र अरु ९ जनाको अवस्था मध्यम रहेको छ । सिंगटीबाट लादुकका लागि छुटेको प्रदेश ०१–०२३ च ७५८०

Breaking News  संग सबंधीत छ |

अटो र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु

 Lokmani Rijal

देशपोष्ट/काठमाण्डौंं । झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको हो । सोमबार बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।


चन्द्रागिरिमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ना २ क ३२३ नम्बरको ट्रक सडकबाट दुई सय मिटर तल खस्दा दुईजनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय थानकोटले जनाएको छ। मृत्यु हुनेमा सिन्धुलीका मनिष कार्की र वर्षीय मानकुमार माझी रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।


राजधानीको बानेश्वरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । राजधानीकाे बानेश्वरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ३१ मा दुई वटा मोटरसाइकल ठोक्किँदा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भई कोटेश्वर बस्दै आएका २२ वर्षका सुदीप तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार साँझ बा ३६ प ६५३१ र प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने तिमल्सिना प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकलका चालक हुन् । बा ३६ प

समाचार  संग सबंधीत छ |

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध