लडेर मृत्यु
खोटाङमा घाँस काट्नेक्रममा लडेर २६ वर्षीय युवतीको मृत्यु
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । खोटाङमा जंगलमा घाँस काट्नेक्रममा भीरबाट लडेर २६ वर्षीय युवतीको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर -२ डिकुवा घर भएकी २६ वर्षीय एलीना मगरको घाँस काट्नेक्रममा लडेर मृत्युु भएको प्रहरीले जनाएको छ । एलिनाको विजयादशमीको दिन घाँस काट्नेक्रममा भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला अस्पतालमा पोस्टमार्टम पछि आज आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
ओखलढुंगामा भिरबाट लडेर एक पुरुषको मृत्यु
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । ओखलढुंगामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका ४ रुम्जटारका अन्दाजि ४८ वर्षको प्रलाद क्षेत्रि ढिक भिरबाट लडेर मृत्यु भएको हो । आज विहान ७ बजेको समयमा घरबाट घुम्नको लागि निस्केको क्षेत्रिको ढिक भिरबाट अन्दाजि ६०/७० मिटर तल लडि घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाँचथरमा घुम्न आएका पर्यटकको लडेर मृत्यु
Lokmani Rijal
देश पोष्ट/ खोटाङ ।पाँचथरमा घुम्न आएका पर्यटकको शनिबार राति लडेर मृत्यु भएको छ । पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापु बजार नजिकै लडेर सिक्किमका केशव गुरुङको मृत्यु भएको हो । नेपाल–भारत सिमाना चिवाभञ्याङबाट च्याङ्थापु आउँदै गर्दा गुरुङको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गुरुङको शव र सिक्किमका अन्य चार पर्यटकलाई सदरमुकाम फिदिम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा भिरबाट लडेर एकको मृत्यु
Lokmani Rijal
देश पोष्ट /खोटाङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा भिरबाट लडेर स्थानीय एक पुरुषको मृत्यु भएको छ । मंगलवार करिब ५ वजे डाँडागाउँ भिरबाट लडेर अन्दाजी ६७ बर्षीय खड्ग प्रसाद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मृतक लिम्बूको शव उक्त भिरबाट करिव १५० मिटर तल खसेको थियो । साँझ सवा ५ बजे डाँडागाउँ अस्थायी प्रहरी कार्यालयले घटनाको जानकारी पाई अनुसन्धनका लागि उक्त टोलि घटनास्थलमा पुगेर मुजुल्का उठाएको र रातको १ वजे जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा प्रस्थान गरि शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइसकिएको प्रहरीले
















