अखिल (क्रान्तिकारी)
चाम्लिङको अध्यक्षतामा ३३ सदस्यीय अखिल (क्रान्तिकारी) जिल्ला कमिटी निर्माण
Lokmani Rijal
देश पोष्ट /खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) खोटाङको १९ औँ जिल्ला सम्मेलनबाट डार्विन चाम्लिङको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ । दिक्तेलस्थित शुभम् फाउण्डेशनमा अधिबेशनको बन्दसत्रबाट गएराति अध्यक्षमा चाम्लिङ सर्वसम्मत चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा उमेश भट्टराई, सहसचिवमा ललिजन राई र कोषाध्यक्षमा एलिसा राई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ । सम्मेलनबाट निर्वाचित कार्यसमितिलाई पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य
















