अध्यक्ष सिरोहिया हाजिरी जमानतमा रिहा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया हाजिरी जमानतमा रिहा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । दोहोरो नागरिकता लिएको आरोप सम्बन्धी मुद्दाको अनुसन्धानमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । स्वास्थ्य समस्याका कारण उपचारका लागि काठमाण्डौ पठाइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रञ्जन अवाले जानकारी दिएकाछन् । सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता अवाको भनाई रहेको छ । सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गएको जेठ ८ गते
















