अन्तरजातीय विवाह गर्ने ४२ जोडीलाई सम्मान
खोटेहाङमा अन्तरजातीय विवाह गर्ने ४२ जोडीलाई सम्मान
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४२ जोडीलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको दलित लक्षित कार्यक्रम अन्तरगत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न गाउँपालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेकाले प्रोत्साहन स्वरूप नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं. १ लिकुवापोखरीका चार, वडा नं. २ वाप्लुखाका एक, वडा नं. ३ सावाकटहरेका चार, वडा नं. ४ बडकादियालेका
















