अन्तर्राष्ट्रिय बजारमा जापानी येनको भाउ ८ महिनापछिको तीव्र गिरावट
अन्तर्राष्ट्रिय बजारमा जापानी येनको भाउ ८ महिनापछिको तीव्र गिरावट
Lokmani Rijal
देश पोष्ट /जापान । अन्तर्राष्ट्रिय बजारमा जापानी येनको भाउ ८ महिनापछिको तीव्र गिरावट आएको छ । अक्टोबर ८ मा लन्डनको विदेशी विनिमय बजारमा एक डलर बराबर १५३ येनभन्दा तलसम्म पुग्दा, यो करिब ८ महिनापछिको सबैभन्दा तल्लो स्तरको दर कायम भयो । गत साताको अन्त्यतिरको तुलनामा पनि येन ५ येनभन्दा बढीले कमजोर भएको देखिएको छ । जापानको सत्तारूढ दल (एलडीपी) की नयाँ नेतृ सानाए ताकाइचीले पदभार सम्हालेसँगै अन्तर्राष्ट्रिय बजारमा जापानी येनको मूल्यमा ८ महिनापछिको सबैभन्दा तीव्र गिरावट आएको हो । ताकाइचीको नेतृत्वमा बैंक अफ जापान (बोओजे) ले थप ब्याजदर वृद्धि गर्न
















