अमेरिकाबाट डिपोर्ट भएका करिब ४० नेपाली
अमेरिकाबाट डिपोर्ट भएका करिब ४० नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै
Lokmani Rijal
देश पोष्ट /जापान । इमिग्रेसन कानुन उल्लंघनको गरेको आरोपमा अमेरिकाबाट डिपोर्ट भएका करिब ४० नेपाली आज चार्टर्ड विमानबाट काठमाडौं आउँदैछन् । सन् २०२१ देखि २०२५ सम्म नेपालीहरु अमेरिकाबाट डिपोर्ट हुने संख्या क्रमशः बढ्दो रहेको अध्यागमन विभागले जनाएको छ । नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आज अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरु रोकिएकाले संख्या थोरै कम
















