अमेरिकालाई चीनले
अमेरिकालाई चीनले बहुमूल्य धातुहरूको निर्यात रोक्यो ।
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म लगाएपछी अमेरिकालाई चीनले बहुमूल्य धातुहरूको निर्यात रोकेको सञ्चार मााध्यमहरुले जनाएकाछन् । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनले ७ थरीका बहुमूल्य धातुहरूको निर्यात रोकेको छ । चीनले आफ्ना बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र मिसाइलसम्म सबै चिजहरू जम्मा गर्न आवश्यक पर्ने चुम्बकहरूको ढुवानीलाई पनि रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यी सामग्रीहरू अटोमोबाइल, अर्धचालक र एअरोस्पेस व्यवसायहरूका लागि निकै महत्त्वपूर्ण छन् । चीनको यो निर्णयले विश्वभरका मोटर गाडी, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ
















