अमेरिकासँग व्यापार सम्झौता
अमेरिकासँग व्यापार सम्झौता गरी व्यापार सीमित पार्न खोजे गम्भीर परिणाम भोग्नुपर्ने चीनको चुनौती
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकासँग व्यापारिक सम्झौता गरेर आफ्नो व्यापार सीमित पार्न खोजे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चीनले अन्य देशलाई चेतावनी दिएको छ । चीनको वाणिज्य मन्त्रालयले आफूहरूलाई हानि पुग्ने गरी अमेरिकासँग व्यापारिक सम्झौता गरेमा ती देशहरूविरुद्ध कडा प्रतिशोधात्मक कारबाही गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । यस्तै वाणिज्य मन्त्रालयले अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न चीन अरू देशसँग सामेल हुन तयार रहेको पनि बताएको छ । अमेरिकाले अन्य देशहरूलाई कर छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाव दिन सक्छ भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि बेइजिङको यो बयान आएको हो । अहिले
















