अमेरिकी कर नीतिले २ वर्ष सम्म जर्मनी थला पर्ने
अमेरिकी कर नीतिले २ वर्ष सम्म जर्मनी थला पर्ने
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकी कर नीतिका कारण जर्मनीले अमेरिका सँगको व्यापार युद्ध तीव्र गतिमा बढाउदै गएमा जर्मनी दुई वर्ष सम्मा आर्थिक मन्दीले थला पर्ने जर्मनीको केन्द्रीय बैंकले जनाएको छ । जर्मनीको उत्पादन यस वर्ष शून्य दशमलव पाँच प्रतिशत र सन् २०२६ मा शून्य दशमलव दुई प्रतिशतले घट्ने बुन्डेस बैंकले प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी कर नीतिका कारण जर्मनीको निर्यातमा उल्लेखनीय गिरावट आएको र लगानीमा ठूलो अनिश्चितता रहेको बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार जर्मनीले सन् २०२७ मा एक प्रतिशतको पुनरुत्थानसहित आर्थिक वृद्धिको मार्ग
















