अमेरिकी कर
अमेरिकी कर प्रभावित जापानी व्यवसायीहरूलाई सहयोग गर्ने
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकी करबाट प्रभावित व्यवसायीहरूका लागि करिब एक हजार ‘परामर्श केन्द्र’ स्थापना गरी करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने जापानका प्रधानमन्त्री शिगेरु इसिबाले मङ्गलबार घोषणा गर्नुभएको छ । टोकियो अमेरिकाको सबैभन्दा नजिकको आर्थिक र रणनीतिक मित्रराष्ट्र हो । यहाँका कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूला लगानीकर्ता हुन् र करिब दश प्रतिशत जापानी रोजगारहरू अटो क्षेत्रसँग जोडिएका छन् । ट्रम्पले बुधबार कुन देशमा कुन–कुन कर लगाइने घोषणा गरेसंगै सबै व्यापारिक साझेदारहरू यसको निशानामा रहेकाछन् । गत शुक्रबार प्रधानमन्त्री इसिबाले कार र पाट्र्समा २५ प्रतिशत कर घोषणा गरिएपछि ट्रम्पको
















