अमेरिकी यात्रु
खोप लगाएको भन्दै झुठो बिवरण दिने दुइ अमेरिकी यात्रुलाई ४७ लाख जरिवाना
Lokmani Rijal
देश पोष्ट/ काठमाण्डौं । एजेन्सी खोप लगाएको भन्दै झुठो बिवरण दिने दुइ अमेरिकी यात्रुलाई क्यानडाका अधिकारीहरूले झन्डै ४७ लाख रुपैयाँ जरिवाना तिराएका छन्। पूर्ण रूपमा कोरोना खोप लगाइसकेको झुठो विवरण दिएका उनीहरूलाई १९ हजार ७ सय २० अमेरिकी डलर (२३ लाख ४४ हजार रुपैयाँ) का दरले जरिवाना तिराइएको द पब्लिक हेल्थ एजेन्सी अफ क्यानडाले जनाएको छ। उनीहरूले प्रस्थान गर्नुअघि गरिएको परीक्षण, क्यानडा पुगेपछि गर्नुपर्ने परीक्षण र सरकारले तोकेका होटलमा क्वारेन्टिन बस्ने कुनै पनि मापदण्ड पूरा नगरेकोले उक्त जरिवाना गरिएको एजेन्सीले जनाएको छ । गत जुलाई ५ देखि क्यानडाले कोरोनाविरूद्ध पूर्ण
















