अराजकता फैलाए
अराजकता फैलाए कानुन बमोजिम कारबाही हुने राप्रपालाई सरकारको चेतावनी
Lokmani Rijal
देश पोष्ट /काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फाल्गुण ७ गते आइतबार काठमाडौँमा प्रदर्शन गर्ने निषेधित क्षेत्र तोड्ने अभिब्यक्ति प्रति अराजकता फैलाए कानुन बमोजिम कारबाही हुने राप्रपालाई सरकारको चेतावनी दिएको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सामूहिक गिरफ्तारी दिने तयारी दिइने समेत उल्लेख गरेको थियो । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र
















