आईसीसी महिला टी–२० विश्वकप
आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र बहराइनको खेल हुँदै ।
Lokmani Rijal
देश पोष्ट /जापान । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल र बहराइनको खेल हुँदैछ । आज दिउँसो सवा १२ बजे शुरू हुने खेल थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने भएको हो । यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् । नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् ।
















