आज तराईका जिल्लामा गर्मी बढ्ने सम्भावना
आज तराईका जिल्लामा गर्मी बढ्ने सम्भावना
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । आज तराईका जिल्लाहरुमा तातो हावा चल्ने सम्भावना कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो असार ११ गते देशका अधिकांश सहरहरूमा अत्यधिक गर्मी महसुस गरिएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा तातो हावाको लहर (लु) चलेको थियो ।
















