आज तराई क्षेत्रमा तातो हावा चल्ने
आज तराई क्षेत्रमा तातो हावा चल्ने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । आज तराई मधेसमा तातो हावा चल्ने जल तथा मौषम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । कोशी, मधेश, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ । हिजो धनगढीमा सबैभन्दा धेरै तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगञ्जको तापक्रम पनि ४० डिग्री सेल्सियसको नजिक पुगेको थियो । लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बनेको हो । मौसम पूर्वानुमान महाशाखाका
















