आज बस्ने राष्ट्रियसभाको बैठकको कार्यसूची यस्तो छ
आज बस्ने राष्ट्रियसभाको बैठकको कार्यसूची यस्तो छ
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकको कार्यसूचि सार्वजनिक भएको छ । बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् । सङ्घीय संसद् सचिवालयलेका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यसैगरी आजै अर्थसमिति र कानुन, न्याय
















