इजरायलको आक्रमण
इजरायलको आक्रमणमा परी २० प्यालेस्टिनीको मृत्यु
Lokmani Rijal
देश पोष्ट /जापान । खाद्यान्न र आर्थिक सहायताका लागि लाइनमा बसेकामाथि इजरायली सेनाले गोली चलाउँदा २० जना प्यालेस्टिनीको ज्यान गएको गाजा प्रहरीलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । खाना पर्खिरहेका २० जना प्यालेस्टिनीको ज्यान गएपछी संयुक्त राष्ट्रसङ्घले ‘खानाको हतियारीकरण’ भएको भन्दै घटनाको निन्दा गरको छ । प्यालेस्टिनीहरू हरेक रात खाद्यान्न सङ्कलन गर्ने आशामा सहायता आउने बाटो र चोकमा भेला हुने गर्छन् । हमासको स्वास्थ्य मन्त्रालयले मे महिनाको अन्त्यदेखि अहिलेसम्ममा आपूर्ति खोज्ने सहायता केन्द्रहरू नजिकै पाँच सय जनाभन्दा बढी मानिस मारिएको बताएको छ ।
















