इजरायल र हिज्बुल्लाह ‘युद्धविरामका लागि सहमत’
इजरायल र हिज्बुल्लाह ‘युद्धविरामका लागि सहमत’
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । अमेरिका र इरानबीच भएको सहमतिलाई लेबनानमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्ताबीच इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’ भएको बीबीसीले जनाएको छ । एक अमेरिकी वरिष्ठ अधिकारीले इजरायल र लेबनानको हिज्बुल्लाह समूह युद्धविराम गर्न सहमत भएको बताउनुभएको छ । तर इजरायलका एक सैनिक प्रवक्ताले युद्धविराम कार्यान्वयनमा रहेको तर ‘आदेश पाए सेनाले पुनः सैन्य कारबाही’ गर्ने प्रतिक्रिया जनाएका खबरमा उल्लेख छ । लेबनानले पछिल्लो इजरायली हवाई आक्रमणमा कम्तीमा ४७ जनाको ज्यान गएको बताएको छ । गएको फेब्रुअरी अन्त्यमा इरानका सर्वोच्च नेता इजरायली आक्रमणमा मारिएपछि हिज्बुल्लाहले
















