इन्द्रावती नदी
इन्द्रावती नदीमा निरन्तर गएको सुक्खा पहिरोले आसपासका क्षेत्र उच्च जोखिममा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदी आसपास उच्च जोखिम रहेको जानकारी प्राप्त भएको छ । गत आइतवार रातिदेखि झर्न थालेको पहिरो हिजो दिउँसो र गएराति पनि नरोकिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा–६ का अध्यक्ष नारायण भट्टराईको भनाई रहेको छ । गएराति पहिरो खसेका कारण नदीको आधाजसो भाग एकैछिन थुनिएको थियो । नदी थुनिन सक्ने क्षेत्र वडा नम्बर एकमा पर्छ । सुक्खा पहिरो रहेको वडा नम्बर ७ को क्षेत्र हो । आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिने त्रास छ । गाउँपालिकाका प्रवक्ता
















