इरान
इरानद्वारा उपग्रह अन्तरिक्षमा प्रक्षेपण
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । इरानद्वारा ’एयरोस्पेस’ कार्यक्रमका लागि नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चाम्रन–१ अनुसन्धान उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको इरानको राष्ट्रिय टेलिभिजनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन तथा निर्माण गरेको थियो । अमेरिकालगायत पश्चिमा सरकारहरूले यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने भन्दै इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् । इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ
















