इशिबाको मन्त्रिमण्डलको स्वीकृति दर ३९ प्रतिशत
इशिबाको मन्त्रिमण्डलको स्वीकृति दर ३९ प्रतिशत, निर्वाचनपछि १७ अङ्कले वृद्धि
Lokmani Rijal
देश पोष्ट /जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाको मन्त्रिमण्डलको स्वीकृति दर ३९ प्रतिशत, निर्वाचनपछि १७ अङ्कले वृद्धि भएको एक तथ्यांक योमिउरी सिम्बुनले सार्वजनिक गरेको छ । एक महिनाअघि भएको चुनावी पराजयले उहाँको पद सङ्कटमा परे पनि सोमबार सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले उहाँको समर्थन दर बढ्दै गएको देखाएका छन् । गत वर्ष लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व लिनुभएका इशिबाले जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा संसद्को दुवै सदनमा बहुमत गुमाउनुभएको थियो । एलडिपीले सन् १९५० को दशकदेखि लगभग निरन्तर रूपमा जापान शासन गर्दै आएको छ । सर्वेक्षणमा उत्तरदातामध्ये
















