उँभौली साकेला
खोटाङमा किराँत राई समुदायको महान चाड उँभौली साकेला समापन ।
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । खोटाङमा शनिबारबाट यो वर्षका लागि किराँत राई समुदायको महान चाड उँभौली साकेला सिली प्रर्दशन गरेर समापन गरिएको छ । किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्तरुपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा किराँत तथा गैरकिरात समुदायले समेत लहर मिलाएर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदानमा शनिबार दिनभर ढोल, झ्याम्टाको तालमा साकेला शिली नाच्दै यो बर्षको साकेला सम्पन्न गरेको हो । किराती समुदायले वैशाखे पूर्णिमामा उँभौली र मङ्सिरे पूर्णिमामा उँधौली गरी वर्षमा दुई पटक साकेला सिली चाड मनाउँदै आएका छन् । यो बेला
















