उपसभामुख रानामगर
उपसभामुख रानालाई हटाउने बिषयमा खैलाबैला
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । प्रतिनिधिसभाकी उप सभामुख सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारूढ दलहरूले संसदमा बहस भएको छ । उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिषाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर कानुन बिपरित काम गर्ने उप सभामुखलाई हटाउनु पर्ने माग राख्दै आइरहेकाछन् । मंगलबारको संसद बैठकमा पनि उपसभामुख रानाको पक्ष विपक्षमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार नै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा
















