एकको मृत्यु
हलेसी बाट सिरहा जाँदै गरेको माईक्रोबस डौँठेखोलामा दुर्घटना,एकको मृत्यु, १४ जना गम्भीर घाइते
Lokmani Rijal
देश पोष्ट /खोटाङ । विश्वप्रशिद्ध त्रिधार्मिकस्थल हलेसी धाममा लाग्ने बोलबम मेला भरेर हलेसी बाट सिरहा जाँदै गरेको माईक्रोबस जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोलामा दुर्घटना हुदाँ एकको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइत भएका प्रहरीले जनाएको छ । हिजो बिहान करिब ९ बजेको समयमा हलेसी दर्शन गर्न आएका यात्रु लिएर सिरहातर्फ जाँदै गरेको माईक्रोबस दुर्घटना भएको हो । दुर्घटनाका घाइतेमध्ये छ जनालाई आईसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको र बाँकीलाई घुर्मी स्थित जनसेवा पोलिक्लिनिक तथा कटारीमा उपचारत रहेका हाले अवस्था सामान्य बन्दै गएको
















