एक्लोपनका कारण
जापानमा एक्लोपनका कारण अघिल्लो वर्ष ७६ हजार मानिसहरुको मृत्यु
Lokmani Rijal
देश पोष्ट /जापान । जापानमा एक्लोपनका कारण अघिल्लो वर्ष ७६ हजार मानिसहरुको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ । गत वर्ष प्रहरीद्वारा जाँच गरिएको करिब २ लाख ४ हजार १ सय ८४ मृतकहरूमध्ये करिब ३७ प्रतिशत , अर्थात् करिब ७६ हजार २० जना घरमै मृत अवस्थामा भेटिएका एक्ला व्यक्तिहरु रहेका तथ्यांक सार्वजनिक भएको हो । मृतकहरुमध्ये मरेको एक वर्षभन्दा बढी समयपछि मात्रै फेला परेका पनि थिए । प्रहरीले यो तथ्यांक सरकारसँग सेयर गर्दै “एक्लोपनको कारण मृत्यु” वा “सम्पर्कविहीन अवस्थामा मृत्यु” को रोकथामका लागि नीति निर्माणमा सहयोग पु¥याउन चाहेको जनाएको
















