एनआरएनए तोचिगीले
एनआरएनए तोचिगीले आगामी जुन २१ मा प्रथम ऐतिहासिक नेपाल फेस्टीवल गर्ने ।
Lokmani Rijal
देश पोष्ट /जापान । एनआरएनए क्षेत्रिय समिती तोचिगी जापानले आगामी जुन २१ तरिखमा प्रथम ऐतिहासिक नेपाल फेस्टिवल गर्ने भएको छ । “नेपाल जापान मित्रताको सम्मान,भाषा कला सँस्कृतिको आदान प्रदान” भन्ने मूल नाराका साथ जापान लगायत अन्तराष्ट्रिय समुदायमा नेपाली भाषा,कला,सँस्कार सँस्कृति,रितिरिवाज,खानपान र भेषभुषाको प्रचार प्रसार गरी देशको पर्यटन प्रबर्धनमा टेवा पुर्याउने,जापान संगको नेपालको सम्बन्ध थप प्रगाढ बनाउनका लागि उचुनोमियाको एकी स्थीत लाइटक्युवमा प्रथम नेपाल फेस्टिबलको आयोजन गर्न लागिएको एनआरएनए तोचिगी क्षेत्रिय समितीका संयोजक सन्तोष घिमिरेले बताउनुभयो । जापान स्थीत नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथ्यतामा सम्पन्न हुने फेस्टीवलको लागी
















