एनआरएनए महेश श्रेष्ठ नेतृत्वलाई परराष्ट्रको मान्यता
एनआरएनए महेश श्रेष्ठ नेतृत्वलाई परराष्ट्रको मान्यता बिबाद कायमै
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । एनआरएनए महेश श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समितिलाई परराष्ट्र मन्त्रालयले मान्यता दिएपछि संघ औपचारिक रुपमा विभाजन भएको छ । सर्वोच्च अदालतले शेष घलेलाई एकताको महाधिवेसन गर्न आदेश दिएकोमा उनले गराएको महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले मान्यता दिएको हो । यसअघि पनि गैरआवासीय नेपाली संघका नाममा विभिन्न समूहहरू रहेकोमा परराष्ट्र मन्त्रालयले ११ औं महाधिवेशनबाट चुनिएको बद्री केसी अध्यक्षताको समितिलाई मान्यता दिएको थियो । तर, श्रेष्ठ नेतृत्वको समितिलाई परराष्ट्रले वैधानिकता दिएपछि भने दुईवटा बलिया धारका संगठनहरू सृजना भएका हुन् । केसी नेतृत्वको एनआरएनएको म्याद आगामी अक्टोबरमा सकिँदै छ
















