(एनएसपीएल)
२१ लाख राशीको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) हुने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) विजेता टोलीले २१ लाख रुपैयाँ पाउने भएकाछन् । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिताका बारे हिजो एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ । प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म काठमाण्डौको तल्लो मूलपानी मैदानमा हुनेछ । सात टोलीको सहभागिता रहने प्रतियोगितामा कुल २४ खेल हुनेछ । प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । ‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा
















