एन्टीरेबिज खोप दश हजारभन्दा बढी भायल मौज्दात रहेको दावी
एन्टीरेबिज खोप दश हजारभन्दा बढी भायल मौज्दात रहेको दावी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । एन्टीरेबिज खोप दश हजारभन्दा बढी भायल मौज्दात रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दावी गरेको छ । गत केही दिन यता देशभर एन्टीरेबिज खोपको देशैभरी अभाव शिर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त कुरा जनाएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार केन्द्रीय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालका भण्डारमा हाल १० हजार ११ भायल एन्टीरेबिज खोप उपलब्ध छ । उनले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा दुई हजार ५०० भायल एन्टीरेबिज खोप प्राप्त भइसकेको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र
















