एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी
एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा हिजोदेखी जारी एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ । हिजो भएको पहिलो खेलमा छहारी क्लबले एफसी रियल क्लबलाई ३–० गोलले हरायो । एन्फाको आयोजनामा हिजोदेखि शुरू भएको प्रतियोगितामा १४ वटा टोलीलाई २ वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा उत्कृष्ट ५ वटा टोली एन्फा महिला लिगमा छनोट हुनेछन् । प्रतियोगिताको समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल
















