“एप्पल इण्टेलिजेन्स”
“एप्पल इण्टेलिजेन्स” कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सार्वजनिक
Lokmani Rijal
देश पोष्ट /जापान । अमेरिकी एप्पल कम्पनी ले “एप्पल इण्टेलिजेन्स” नयाँ पुस्ताको जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सार्वजनिक गरेको छ । कम्पनीले घोषणा गरे अनुसार, यही शरद ऋतुबाट यस एआई प्रणालीलाई प्रयोग गरी आइफोन तथा ट्याब्लेटजस्ता उपकरणहरूमा म्यासेज र भ्वाइस कललाई तत्काल विभिन्न भाषामा अनुवाद गर्न सकिने सुविधा सुरु हुनेछ । नयाँ सुविधा अन्तर्गत, सन्देश अनुवाद जापानी भाषामा पनि गर्न सकिनेछ भने, अंग्रेजी, चिनियाँ र स्पेनी भाषामा त आवाजसमेत अनुवाद गरी प्रयोगकर्तालाई सुनाइनेछ। एप्पलले यो घोषणा अमेरिका पश्चिमी क्षेत्र क्यालिफोर्नियाको सिलिकन भ्यालीमा भएको वार्षिक एप्प डेभलपर सम्मेलनमा गरेको हो ।
















