एमालेबाट राष्ट्रियसभा प्रमुख सचेतकमा गोपाल भट्टराई
नेकपा एमालेबाट राष्ट्रियसभा प्रमुख सचेतकमा गोपाल भट्टराई
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । नेकपा एमालेले राष्ट्रियसभामा प्रमुख सचेतकको जिम्मेवारीमा सांसद गोपाल भट्टराईलाई तोकेको छ । एमालेले पार्टी विधान–२०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार भट्टराईलाई प्रमुख सचेतक पदमा हिजोबाट लागू हुने गरी मनोनयन गरेको जनाएको छ । यसभन्दा अगाडी राष्ट्रिय सभाको प्रमुख सचेतकमा भगवती न्यौपाने रहेको र हाल सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतकको रिक्त पदमा भट्टराईलाई नियुक्ती गरिएको एमाले संसदीय दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।
















