एमाले मकवानपुर
एमाले मकवानपुर जिल्ला कमिटीमा दुई जनाको दावी
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र व्युतिएपछि एमालेमै फर्किएको माधव–झलनाथ समुह र ओली समुहमा नेतृत्व कसले लिने भन्ने विवाद देखिन थालेको छ । यहि क्रममा मकवानपुर जिल्ला कमिटीमा आधिकारिक अध्यक्ष र नेतृत्वको विषयमा पार्टी भित्र द्वन्द्व शुरु भएको छ । प्रतिनिधि सभा विघटन पछि माधव–प्रचण्ड समुह र ओली समुहमा नेकपा विभाजन भएपछि ओली समुहले एकलाल श्रेष्ठको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको थियो । त्यहि आधारमा श्रेष्ठले आफु नै एमालेको आधिकारिक जिल्ला अध्यक्ष भएको दावीसहित पार्टी कार्यालयमा पदभार ग्रहण गरिसकेका छन् । तत्कालीन नेकपा एमालेको जिल्ला अध्यक्ष रहेकी
















