एसइई नतिजा
यो बर्षको एसइई नतिजा अब केही समय पछी सार्वजनिक हुँदै
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अबको केही समयपछी सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म सार्वजनिक गर्ने तयारी छ । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक समस्याका कारण आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक
















