करेन्ट लागेर कांग्रेस वडा सभापतिको मृत्यु
करेन्ट लागेर कांग्रेस वडा सभापतिको मृत्यु
Lokmani Rijal
देश पोष्ट /खोटाङ । ऐसेलुखर्कको माक्पामा गत बैसाख २३ गते ट्रान्सफर्मरबाट करेन्ट लाग्दा माक्पाका ४१ वर्षीय विकास राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका सेवा करारका कर्मचारी रामकाजी वनको आग्रहमा विद्युत चेक गर्न ट्रान्सफर्मरमा पुग्दा राईको करेन्ट लागेर मृत्यु भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताउनु भएको छ । विद्युत चालु भए/नभएको चेक गर्नका लागि गएका विकासले घण्टौं फोन नउठाए पनि वनले पुःन इन्द्रबिनोद निरौलालाई फोन गरेर ट्रान्सफर्मरमा गएर हेर्न आग्रह गरेका थिए । ट्रान्सफर्मर रहेको ठाउँमा निरौला पुगेपछि मात्रै राईलाई करेन्ट लागेको
















