करेन्ट लागेर
करेन्ट लागेर सोलु र बाजुरा २ को ज्यान गयो ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । करेन्ट लागेर सोलुखुम्बुको सल्लेरी र बाजुराको बडिमालिकामा २ जनाको ज्यान गएको खबर प्राप्त भएको छ । ज्यान गुमाउनेमा सोलु सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कम्पनीले सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने क्रममा राईसहित तीन जना कर्मचारीलाई करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये राईको उपचारका क्रममा ज्यान गएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाजुरामा विद्युत् लाइन बिस्तारका क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको ज्यान
















