काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सम्म आजदेखि रातमा गाडी चलाउन रोक
काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सम्म आजदेखि रातमा गाडी चलाउन रोक
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ । बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सम्म आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले उत्त सडकखण्डमा एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । यो अवधिमा काठमाण्डौबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौ भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ । तत्कालका लागि यात्रुबाहक
















