किरात उद्गमस्थल
किरात उद्गमस्थल तुवाचुङ डाडाँमा बृहत साकेला सिली प्रदर्शन ।
Lokmani Rijal
देश पोष्ट /खोटाङ । किरात उद्गमस्थलको रुपमा प्रख्यात रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ स्थीत तुवाचुङ डाडाँमा बृहत साकेला सिली प्रदर्शन भएको छ । साकेला उँभौलीको अवसरमा मङ्गलबार विभिन्न जिल्लाका किरात समुदाय भेला भएर सामुहिकरुपमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शनमा सहभागी भएका हुन् । किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवम् संस्कार–संस्कृति संरक्षणको सन्देश दिन तुवाचुङ–जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गा लगायतका किरात समुदाय भेला भएर तीन चुल्हाको पूजा गरेका छन् । किराती पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंबदन्ती बोकेको ऐतिहासिकस्थलमा
















