कुलिङ पिरियडमा
कुलिङ पिरियडमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल मुख्य कसुरदार
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । संसदीय छानबिन समितिले कुलिङ पिरियडको गडबडीमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा,मुख्यसचिव एकनारायण अर्याल र राज्य व्यवस्था समितिका सचिव सुरजकुमार दुरालाई लाई मुख्य कसुरदार ठहर गरेको छ । छानबिन समितिले कुलिङ पिरियडसम्बन्धी प्रावधानमा तादम्यता नहुनु गम्भीर त्रुटि भएको र सभापति खतिवडाले परिमार्जित मस्यौदा प्रतिवेदन सदस्यहरूलाई नदेखाई हस्ताक्षर गरेको उल्लेख गरेको छ । छानबिन समितिले विधेयकको दफावार छलफल प्रक्रिया सुधार गर्न ११ बुँदे सुझाव प्रस्तुत गर्दै विधेयक मस्यौदा र प्रतिवेदन एकीकृत गर्ने, सदस्यहरूको हस्ताक्षर अनिवार्य गर्ने व्यवस्था गर्नुपर्ने बताएको छ । संघीय निजामती सेवा विधेयक
















