कु
ओलीले गरेको संवैधानिक ‘कू’ सर्वोच्च बाट उल्टन्छः झलनाथ खनाल
Lokmani Rijal
देशपाेष्ट/काठमाण्डाैं । नेपाल कम्यनुस्ठट पार्टी (नेकपा)का नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक ‘कू’ गरेकाले त्यसलाई सर्वोच्चमा चुनौती दिने बताएका छन्। बानेश्वरमा बसेको संसदीय दलको बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘संसदीय दलको बैठक राखेका छौँ। यो बैठकले चार बुँदे प्रस्ताव पारित गरेका छौं‚’ खनालले भने‚ ‘अब यो कदमविरुद्ध राजनीतिक अभियान पनि चलाउँछौं। यो संविधानका विरुद्ध गरिएको ‘कू’ हो। यो असंवैधानिक हो।’ प्रधानमन्त्री ओलीको यो कदमविरुद्ध संवैधानिक अभियान पनि चलाउने भन्दै उनले सर्वोच्च अदालतबाट उल्टाएर संविधानको बाटोमा आउने बताए। सर्वदलीय बैठकपछि सबै राजनीतिक दलहरुका बीचमा समान धाराणा राखेर अघि
















