कृति लोकार्पण
प्रहरी उपरीक्षक प्रधानका दुई कृति लोकार्पण
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नविनकिशोर प्रधानका सादृश्य बिम्ब कथा संग्रह र लेखान्त नाटक दुई कृति को एकसाथ लोकार्पण भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रमुख अतिथ्यतामा शनिवार महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहकाबीच साहित्यकार प्रधानका उक्त कृति लोकार्पण भएको हो । अक्षरधाम प्रकाशन प्रालिले बजारमा ल्याएको उक्त कृतिले समसामयिक विषयलाई समेटेको छ । लेखान्त नाटकमा वंश परम्परा सम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको छ भने सादृश्य विम्ब’ कथा संग्रहमा सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित सामाजका विविध
















