कृषि ज्ञान केन्द्र
खोटाङमा १३ दशमलव ४० प्रतिशत रोपाइँ सम्पन्न
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङमा असार–१४ गतेसम्ममा १३ दशमलव ४० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । असार–१४ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६ तथा हलेसी तुवाचुङ नगरपालिकामा १४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै, जन्तेढुङ्गा गाउँपालिकामा एक दशमलव ०३७, बराहपोखरी गाउँपालिकामा दुई, खोटेहाङ गाउँपालिकामा १५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १५, साकेला गाउँपालिकामा २० तथा रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा दश/दश प्रतिशत रोपाइँ सकिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दश हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ
















