केही ठाँउमा अति भारी वर्षा हुने ।
जापानको होक्काइदो र ओकिनावामा कडा गर्मी, केही ठाँउमा अति भारी वर्षा हुने ।
Lokmani Rijal
देश पोष्ट/जापान । जापानको होक्काइदो र ओकिनावामा कडा गर्मी हुनुका साथै पश्चिम जापान, पूर्वी जापान र तोहोकु क्षेत्रभर धेरैजसो स्थानहरूमा वर्षा हुने सम्भावना रहेको मौषम बिज्ञान विभागले जनाएको छ । तातो र आद्र्र वायुले निरन्तर प्रवेश गरिरहेको कारणले गर्दा विशेषगरी ताइफुबाट परिवर्तन भएको मौसमी असरका कारण कान्तो क्षेत्रमा बिहानैदेखि बिच–बिचमा वर्षा भइरहेको छ । अन्य क्षेत्रहरूमा पनि वर्षा छोटो अवधिमा भए तापनि, केही स्थानहरूमा चट्याङसहित अति भारी मेघगर्जनसहितको वर्षा हुने अनुमान गरिएको छ । बिजुली चम्किनु, हुरीबतास चल्नु तथा छोटो समयमै सडक डुबान हुनेजस्ता अवस्था आउन सक्ने भएकाले विशेष सतर्कता
















