कैलाली कारागारमा झडप भएपछी जेलर फेरिए
कैलाली कारागारमा झडप भएपछी जेलर फेरिए
Lokmani Rijal
देश पोष्ट /काठमाडौं । कैलाली कारागारमा राति एक जनाको मृत्यु र ४७ जना घाइते हुनेगरी झडप भएपछी जेलर फेरिएकाछन् । जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाल हिजो दिउँसो ३ बजे कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो । यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ ।
















