कोरोना विमा
सरकारले बजेट निकासा नगर्दा रोकियो कोरोना विमा भुक्तानी ।
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ को संक्रमितहरुले कोरोना विमा गरे बापतको रकम सरकारले निकासा नगर्दा भुक्तानी रोकिएपछी संक्रमित विमितहरु समस्यामा परेकाछन् । लामो समयदेखी भुक्तानीको लागि दाबी गरिरहेका बिमितले भुक्तानी नपाउँदा मारमा परेको संक्रमित विमितहरुको भनाई रहेको छ । हालसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुगेको छ। हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट संयूक्त रूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। कोरोना बीमा गर्दाको शुल्कवापत कम्पनीहरूले जम्मा १ अर्ब ५ करोड ५ लाख रुपैयाँ
















