कोशीदेखि गण्डकीसम्म वर्षा
मुलुकको कोशीदेखि गण्डकीसम्म वर्षा
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । काठमाडौं उपत्यकासहित कोशीदेखि गण्डकीका भूभागसम्म हिजोदेखि नै पानी परिरहेकोले आज दिनभर जसो पानी पर्ने रहने गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीको भनाई रहेको छ । पूर्वी भूभागमा भारत नजिक विकसित भएको न्यूनचापीय क्षेत्रको कारण तथा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भने स्थानीय वायुको कारण पानी परिरहेको मौसमविद अधिकारीले जानकारी दिए । गत २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१ मिलिमिटर पानी परेको रेकर्ड छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश बागमती, गण्डकी, लुम्बिनी र कर्णाली
















