क्यान्सरपीडित कठेतलाई
क्यान्सरपीडित कठेतलाई खोटाङ उद्योग वाणिज्य सङ्घले पठायो चारलाख बढी आर्थिक सहयोग
Lokmani Rijal
देश पोष्ट /खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका क्यान्सर पीडित सन्तोष कठेतको उपचारका लागि खोटाङ उद्योग बाणिज्य सङ्घले रु चार लाख १७ हजार ७६५ सहयोग रकम प्रदान गरेको छ । फोक्सोमा क्यान्सर भएपछि भारतको दिल्लीस्थित मेदान्त अस्पताल गएर उपचार गराइरहेका व्यवसायी कठेतको उपचारमा सहयोग पुर्याउन दिक्तेल बजारका २५० जना व्यवसायीबाट रकम सङ्कलन गरिएको वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिनुभएको छ । वाणिज्य सङ्घले सङ्कलन गरेको नगद रकम मङ्गलबार दिक्तेलमा आयोजित कार्यक्रममा बिरामीका भाइ एवम् निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतलाई हस्तान्तरण गरिएको छ । उद्योग वाणिज्य सङ्घले आफ्नो साधारण सदस्यको
















