खुर्कोट–मन्थली–चरिकोट हुँदै काठमाडौं छिर्न सकिने
खुर्कोट–मन्थली–चरिकोट हुँदै काठमाडौं छिर्न सकिने
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौं । गत शुक्रबार देखीको बर्षाले बिपि राजमार्ग अन्र्तगत रोशी डाइभर्सन खोलामा आएको बाढीले बगाएपछि पूर्वी नाकाबाट काठमाडौं आउने यात्रुलाई खुर्कोट–मन्थली–चरिकोट हुँदै काठमाडौं पुर्याइएको छ । काभ्रेको धुलिखेलदेखि सिन्धुलीको नेपालथोक हुँदै बर्दिबास पुग्ने राजमार्गको काभ्रे चौकीडाँडा–नेपालथोक खण्डमा गत वर्ष बनेका डाइभर्सन बगाएपछि पूर्वका जिल्लाबाट उपत्यका आउने यात्रुलाई समस्या भएको हो । गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा शुक्रबार बेलुकादेखि परेको पानीका कारण रोशी खोलाले गत वर्ष बनेको डाइभर्सनको अधिकांश हिस्सा बगाएको छ । बीपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली–तामाकोशी–दोलखाको चरिकोट–अरनिको राजमार्गको खडीचौर
















