खुल्यो गृहमन्त्री बन्ने बाटो
सुधन गुरुङले पाए सफाई,खुल्यो गृहमन्त्री बन्ने बाटो
Lokmani Rijal
देश पोष्ट /काठमाण्डौ। सम्पत्ति बिवादमा परेर राजिनामा दिएका तत्कालिन गृहमन्त्री सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ । गुरुङका सबै सेयर र सम्पत्ति मगाएर अध्ययन गर्दा उनीमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष समितिले निकालेको हो । पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा बनेको समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल–अचल सबै सम्पत्तिलाई ‘वैध’ ठह¥याएको छ । प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिको नभई ‘राज्यको कमजोर प्रणाली’ को रूपमा व्याख्या गरिदिएको छ । यस प्रतिवेदनसँगै गुरुङलाई पुनः गृह मन्त्रालयमा शक्तिशाली रूपमा फर्कने ढोका खुलेको छ भने अर्कोतर्फ सरकारी समितिको निष्पक्षतामाथि
















